पश्चिम बंगाल खम्बु राई बिकाश बोर्ड्को कार्यकारिणी अनि साधरण सभा

पश्चिम बंगाल खम्बु राई बिकाश बोर्ड्को कार्यकारिणी अनि साधरण सभा

khambuboardpicfinal

आज मिति: १६-०३-२०१७ को दिन पश्चिम बंगाल खम्बु राई बिकाश बोर्ड्को चेयरमेन श्री एम एस राईको अधक्ष्यतामा गोर्खा दु:ख निवारक सम्मेलन भवनको पुस्तकालय कक्षमा बोर्ड्को कार्यकारिणी सदस्यबर्ग अनि साधरण सदस्यहरुलाई लिएर सभा सम्पन्न गरियो ।

यस सभामा गत तारिख १७-०१-२०१७ मा सभाले पारित गरेको गृहित प्रस्ताव सर्वप्रथम पडेर उपस्थित सदस्यहरुलाई सुनाए ।

बिगत तारिख १५-०२-२०१७ कालेबुङ टाउन हलमा बोर्ड्को सदस्यहरु सित राज्यका मुख्य मन्त्री सुश्री ममता ब्यानरजी संग सभा गरेको थियो, त्यसबारे चेयरमेनले अनुपस्थित सदस्यहरुलाई जानकारी दिदै प्रतेक बोर्ड्ले १० वटा पंजिर्कृत खेलकुद सँग सम्बन्धित क्लबको नाम दिनुपर्ने, सरकार मार्फत प्रदान गरिएको विकाश कोष सहि प्रकारले प्रयोग गर्ने  एकाउन्ट जेनेरल दुवरा यसको अडिट हुने र स्वनिर्भर दलहरुलाई पनि रोजगारको ब्यवस्था गरिनु पर्ने आदि विषयमा प्रकाश पारे ।

१७-०१-२०१७ को सभामा प्रस्ताव लिए अनुसार आज पुन्: ती विकाश कार्यको नामवली तल दिँदै पश्चिम बंगाल खम्बु राई विकाश बोर्ड्मार्फत ती कार्य गर्ने आज १६-०३-२०१७ को सभाले प्रस्ताव ग्रहण गर्यो ।

1.    Construction of Cultural Study Center – Delo, Kalimpong ………………………….. Rs. 14,16,230/-

2.    Construction of Language and Cultural Study center, Kirateshwar Mangkhim, Krishna nagar, Mirik ..…  Rs. 17,61,753/-

3.    Construction of Cultural Study Center, Harsing, Lebong, Darjeeling ………… Rs. 16,90,771/-

4.    Construction of Cultural Study Center, Mount Hermon Estate ………………… Rs. 18,60,703/-

5.    Construction of Water supply with tank at Marybong Rai Goan ……………… Rs. 4,88,075/-

6.    Drinking Water Supply, Simali Jhora to Kimdong busty, Kalimpong ………… Rs. 4,99,961/-

7.    Munal Jhora Drinking Water Scheme at Chap Dara busty, Sreekhola Dara Gaon, G.P Rimbik……..  Rs. 7,70,000/-

8.    Drinking Water Scheme Rangli T. G 18 Section to Gie II Bhanjang bazaar … Rs. 14,56,000/-

9.    Drinking Water supply for Upper Roncheng from Sipey kuwa (ChapJhora ) Mangpoo….   Rs. 5,00,000/-

10. Drinking Water supply scheme to Dauley busty from Amlisey Jhora Paten Godak G.P…. Rs. 4,99,933/-

11.    Estimate for Rai Language:-
(a)    Teaching Centre …………………………………. Rs. 12,00,000/-
(b)    Books and Chart …………………………………. Rs. 2,00,000/-
Total: …………………….Rs. 14,00,000/-

खम्बु राई भाषा-शिक्षण र त्यसका चार्ट अनि प्रारम्भिक पुस्तक प्रकाश गरी प्रचार प्रसार र संरक्षण गर्नको निम्ती उक्त केन्द्र र पुस्तक आदि प्रकाशन गरिने पनि सभाले फैसला लियो ।

सभाले खम्बु राईको सांस्कृतिक नित्य सिलीको संरक्षण र सम्वर्दन गर्नाथ र केन्द्रहरु सन्चालन गर्नको निम्ती अनुमानित लागत १२,००,०००- रुपैयाँ लाग्ने सभाले निर्णय लिए ।
खम्बु साम्प्रादायका बिधार्थीहरुको आर्थिक सहयोग गरी शिक्षा क्षेत्रमा प्रोत्साहन गर्नाथ एंव सभाले कोष ६,००,०००/- रुपैयाँ आवन्टन गरिनु पर्ने फैसला लिइयो ।

सामाजिक सुरक्षालाई ध्यानमा राखदै अनि वन विनाश रोकथाम गर्न हेतु पश्चिम बंगाल खम्बु राई विकाश बोर्ड्ले प्रतेक शाखा- प्रशाखा अनि क्षेत्रहरुमा रुखका विरुवाहरुको नर्सरी लगाउने तय गर्दै अनुमानित लागत ६,२२,२५०/- लाग्ने र ती कोष आवन्ट्ण गरियोस भनि फैसला लिइयो । नर्सरी राख्ने क्षेत्रहरु तल दिइएको छ ।

१, गोरुबथान        ५००० बिरुवा       रकम  –  ७१,७५०/-
२, कुमाई          ५००० बिरुवा        रकम  –  ७१,७५०/-
३, रिम्बिक्    ५००० बिरुवा        रकम  –  ७१,७५०/-
४, पच्याङ्ग्    ५००० बिरुवा       रकम  –  ७१,७५०/-
५, टकभर्    ५००० बिरुवा       रकम  –  ७१,७५०/-
६, मङ्पु            ३००० बिरुवा     रकम     ४३,०५०/-
७, दिलाराम्    ३००० बिरुवा     रकम     ४३,०५०/-
८, तकदाह          २००० बिरुवा    रकम     २८,७००/-
९, पोख्रेबोङ्    २००० बिरुवा    रकम     २८,७००/-
१०, फ्लोरल नर्सरी                          रकम    १,२०,०००/-

मोठ अनुमानित लागत   –              ६,२२,२५०/-

११, राई वर्णमालाको पाण्डुलिपी एंव सचित्र पुस्तक तयारी – ९०,०००/-

गत ०६-०३-२०१७ मा प्रमुख सचिव (वी० सी० ड्ब्ल्यु०) श्री थाडे सँग कालेबुङ्ग ट्रेजरी अफिसहलमा पश्चिम बंगाल खम्बु राई विकास बोर्ड्को भाइस चेयरमेन श्री एस एम राईले बोर्ड्को पक्षबाट भेट गरे अनि सभामा बसे र उक्त सभामा भाइस चेयरमेनले बोर्ड्ले गरेका विकाश कार्यको विवरण्, राई भाषाको पुस्तक आदी सम्मान स्वरुप भेट गरे अनि प्रदर्शनको निम्ती राखिएको चार्ट पनि हेरे यसबाहेक अरु विकाश कार्यमा वी० डी० ओ० ले सहयोग गर्नुपर्नेछ र उनिहरु आएर निरक्षण गर्न सक्छन भनि मुख्य सचिवले सबै बोर्ड्का प्रतीनधिहरुलाई सुझाउ दिए, स्व निर्भर दलको निम्ती बजार ब्यवस्था के भयो भनि सचिवले प्रतिनिधि बर्गलाई ठाडो प्रश्न राखे ? त्यसको ब्यवस्था प्रत्यक बोर्ड्ले गर्दैछ भन्ने प्रतिश्रुती मुख्य सचिवलाई उपाधक्ष्य श्री एस्० एम्० राईले दिए ।

नयाँ कार्यक्रमको निम्ती निम्न कार्यहरु गर्न पर्ने सभामा राखी अनुमोदन गरियो –

क्, फर्निचर इत्यादी – २,००,०००
ख, कम्पुटर्, प्रीन्टर आदी – २,९०,०००

समय समयमा अचानक फण्डहरु आउने गर्न सक्छ्, त्यसर्थ अग्रीम समयमा बेनिफिसरिका लिस्ट तयार पारेर राख्न पर्ने पनि सभामा पारित गरियो ।

सभामा ०६-०३-२०१७ मा कालीम्पोङमा सबै बोर्ड थाडे साहेब सित भएको कुराहरु भाइस चेयरमेनले राख्नु भयो । जसलाई राई बोर्ड्ले ४७५ वटा घरहरु सकिएको बाँकी २७ वटा तयार हुँदै गरेको अडिट रिपोर्ट पनि बोर्ड्ले बुझाएको जनाउनु भयो । साथै ५०,००० सबै बोर्डहरुले बृक्ष रोपन गरिनै पर्ने कुरा राख्नु भयो । जति पनि स्किमहरु छन्, अप्रुभलको निम्ती मार्च ३१ भित्रमा पठाईसक्नु पर्ने पनि जनाउनु भयो । स्किमहरुको निम्ती वि० डि० ओ० बाट इन्जिनियर पाउने पनि जनाउनु भयो । नाचरल कालामिटी को निम्ती पनि १-२ करोड राख्नु पर्ने कुरा राख्नु भयो ।

सभामा दुवर्स बाट सागर राईले आफ्नो दुखेसो राख्दै आँउदो चरणमा कमसेकम दुवर्स लाई १०० वटा घर दिनु पर्ने राय दिनु भयो । साथै पानी को स्किम पनि दुवर्स लाई दिनु भए राम्रो भन्ने प्रस्ताव राख्नु भयो ।
कालीम्पोङ बाट बिनेम राईले युथ होस्टेल को प्रस्ताव राख्नु भयो ।
सभामा १५०० भन्दा अधिक घरको निम्ति पठाउने प्रस्ताव ग्रहण गरियो ।

सभामा सदस्य सारदा राई सुब्बा ले बोर्ड्को सन्दर्भमा जनाउनु भयो । त्यसरि नै प्रणय राईले पनि आफ्नो कुरा राख्नु भयो । मेघराज राईले कालीम्पोङ मा बोर्ड्को सब्-अफिस हुनुपर्ने प्रस्ताव राख्नु भयो ।

त्यसरी नै सभामा एम सि राई, कापटन एस के राई अनि एल बि राई ले पनि आ आफ्नो विचारहरु राख्नु भयो ।
अन्तमा अन्य विषयहरुमा छोटो चर्चा सहित अरुण राई ताम्कुले, जनम राईले विषेश कामले गर्दा अनुपस्थिति दिन नसकेको कुरा राख्दै सम्पुर्ण उपस्थितिलाई धन्यबाद ज्ञापन सहित सभाध्क्ष्य दुवरा सभा बर्खास्त भएको घोषणा गर्नु भयो ।

Categories: Activities

Write a Comment

<